सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै एमालेको आपत्ति

सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै एमालेको आपत्ति



काठमाडौं । नेकपा एमालेले मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाएको छ ।

आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको भएपनि मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ । सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ । यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ ।’

निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्यमले प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता, उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ । उनले सामाजिक सञ्जालको दुरुपयोग र कृत्रिम सामग्री नियमन हुन सकेन भनेको जनाएको छ ।