काठमाडौं । नेपाली कांग्रेसले प्रदेशस्तरीय दोस्रो सभा बिहिबार सुर्खेतमा गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा यही फागुन ६ गते पहिलो प्रदेशस्तरीय सभा गरेको थियो ।
मधेसको सभामा देखिएको उपस्थितिले कांग्रेस पक्षमा जनसमर्थन बलियो देखाएको थियो । त्यही सभाबाट प्रतिज्ञा (चुनावी घोषणापत्र) सार्वजनिक गरेको कांग्रेसले सुर्खेतमा दोस्रो सभा गर्न लागेको हो ।
चुनावी अभियानमा सर्लाही–४ मा रहेका सभापति गगन थापा उतैबाट सुर्खेत पुगेर फर्कने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुुसाल सुर्खेततर्फ लागेका छन् ।
कांग्रेसले यसपछि बुटवल र पोखराका लागि सभाको तयारी गरेको छ ।


प्रतिक्रिया