काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा कसैसँग तालमेल नगर्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यसपटक आफूहरु आफ्नै एजेन्डाको बलमा चुनावमा जाने बताए ।
उनले भने, ‘हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ । तर मिडियामा समीकरण बन्नेबारे चर्चा भइरहेको छ । हामीले निरन्तर खण्डन गर्दै आइरहेका छौँ ।’
उनले भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग तालमेल नगर्ने बताए । उनले केही ठाउँमा छाड्ने भन्ने चर्चाबारे सत्यता नभएको बताए ।
नेकपा आफ्नै शक्तिमा चुनावमा होमिएको भन्दै कांग्रेस र एमालेसँग मिलेर महागठबन्धन गर्ने कुनै सम्भावना नभएको बताए ।


प्रतिक्रिया