काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा दुई अतिवादका विरुद्ध खडा हुनुपरेको बताएका छन् ।
पार्टीकाे नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले दुई अतिवादका विरुद्ध संघर्षको आवश्यकता मध्यनजर गरेर उत्पन्न परिस्थितिलाई नयाँ समाधान दिने उद्देश्यले नै पार्टी गठन गरिएको बताए ।
‘यो चुनाव सामान्य होइन । राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र बचाउन पनि यो चुनावमा नेकपाले जित्नुपर्ने आवश्यकता छ,’ दाहालले भने ।
उनले नेकपाले चुनावबाट एक नम्बर पार्टी बनेर देशको नेतृत्व लिने विश्वास व्यक्त गरे । उनले संविधानले प्राप्त उपलब्धिको रक्षा गर्दै वर्तमान अवस्थाको अस्थितरतालाई ट्र्याकमा ल्याउने दाबी गरे ।


प्रतिक्रिया