गगनलाई रविको कटाक्ष- ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ

गगनलाई रविको कटाक्ष- ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ



काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि दिन नसकेको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अब आफूलाई प्रमाण नचाहिएको भन्दै कटाक्ष गरे ।

उनले भने, ‘मलाई धेरै नबोल, तिखो नबोल भन्छन्, चर्को नबोल भन्छन् म परे रवि लामिछाने । अलिअलि नघोची हुँदैन । मलाई टुच्च टुच्च न घोचेची म पनि चुप लाग्थे नि । ठाउँ ठाउँबाट घोचिरहन्छन् । ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ । म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला ।’

उनले आफूहरू मागेर देश बनाउने पक्षमा नरहेको भन्दै गरिखाने देश बनाउने बताए । कार्यक्रममा रविले यो पटक भोट नबदल्न आम मतदाता समक्षा आग्रह गरे । प्रतिपक्ष विहीन बनाएर रास्वपालाई भोट दिन उनले अपिल गरे ।

उनले भने, ‘यो पटक अन्य पार्टीले एक सिट पनि जित्नु हुँदैन । यता पनि रास्वपा । उतापनि रास्वपा । यो पूर्वाग्रह राखेर भनेको होइन । उहाँहरूले इतिहासमा देखाएका योगदानको कदर स्वरूप पाँच वर्ष सडकको प्रतिपक्षमा राख्नुपर्छ ।