दमौलीमा रवि लामिछानेलाई कालोझण्डा

दमौलीमा रवि लामिछानेलाई कालोझण्डा



काठमाडौं । तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् ।

रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली आउदै गर्दा विरोध प्रदर्शन गरेर कालोझण्डा देखाएका हुन् ।

दर्जनौको संख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले कार्यक्रम स्थलभन्दा केही वर बाटो छेकेर बसेका थिए । रविको गाडी आएपछि प्रहरीले भिड पन्छाएर बाटो खुला गरेको थियो । त्यसक्रममा प्रहरीले सामान्य बल प्रयोग गर्यो । प्रहरीसँगको झडपमा एकजना घाइते भएका छन् ।

रवि भिडबाट अघि बढेर रवि र स्वर्णिम सरासर कार्यक्रमस्थलतर्फ लागे ।