इरान–इजरायल युद्धमा परेर यूएईमा एक नेपालीको मृत्यु

इरान–इजरायल युद्धमा परेर यूएईमा एक नेपालीको मृत्यु



काठमाडौं । शनिबारदेखि सुरु भएको इरान–इजरायल युद्धमा परेर एक नेपालीको ज्यान गएको छ ।

ज्यान जाने यूएईमा कार्यरत नेपाली हुन् । यूएईको चर्चित समाचार अखबार गल्फ न्युजले इरानी मिसाइल हमलामा परेर मृत्यु भएका तीन दक्षिण एसियालीमा एक नेपाली भएको उल्लेख गरेको छ ।

तर नाम भने खुलेको छैन । मृत्यु हुनेमा एक नेपालीसहित पाकिस्तानी र बंगलादेशी एक–एक नागरिक छन् ।