काठमाडौं । प्रतिनिधिसभा निवार्चनलाई प्रभाव पार्ने गरि सामाजिक सञ्जाल फेसबुक मार्फत समाजमा झुटा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका वडा नं.३ महेन्द्रचौक बस्ने २७ वर्षिय रामचन्द्र ठाकुर रहेका छन् । उनलाई इनरुवा महेन्द्र चोकबाट अफवाह फैलाउन प्रयोग गरेको मोवाईल डिभाइस सहित पक्राउ गरिएको हाे।
उनीमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।


प्रतिक्रिया