रामेछापमा प्रलोपाले कांग्रेसलाई सघाउने सहमति

रामेछापमा प्रलोपाले कांग्रेसलाई सघाउने सहमति



काठमाडौं । रामेछापमा भोलि हुने प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ ।

दुई दलबीच प्रलोपाले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेसलाई सघाउने सहमति भएको छ । समानुपातिकतर्फ भने आआफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने समझदारी भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

सहमतिपछि अब प्रलोपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले कांग्रेसका रामचन्द्र खड्कालाई सहयोग गर्नेछन् । यहाँ एमालेबाट माधव ढुंगेल, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. कृष्णहरी बुढाथोकी, राप्रपाबाट गोरे तामाङलगायत उम्मेदवार छन् ।