काठमाडौं । पहिलोपटक मतदानमा सहभागी नवयुवा उत्साहित देखिएका छन् । देशभरका सबै मतदान केन्द्रमा वृद्धवृद्धा र अरू उमेरका मतदातासँगै नवयुवाको उपस्थिति पनि बाक्लो देखिएको छ ।
भदौको नवयुवा विद्रोहबाट तत्कालीन सरकार र प्रतिनिधिसभा विघटन भएपछिको चुनाव भएका कारण पनि उनीहरू मताधिकार प्रयोगका लागि उत्साहित देखिएका हुन् । निर्वाचन आयोगका अनुसार यस चुनावमा ९ लाख १५ हजार जना नयाँ मतदाता छन् ।
भदौको नवयुवाको आन्दोलनपछिको उथलपुथल राजनीति र प्रतिनिधिसभा विघटनको पृष्ठभूमिमा आज देशभर चुनाव भैरहेको हो । यो चुनावले देशको भविष्यको मार्गचित्र कोर्ने तथा मतपरिणामले आन्दोलनपछिको शक्ति सन्तुलन, नेतृत्वको वैधता र लोकतन्त्रको दिशाबारे पनि स्पष्ट सन्देश दिने विश्वास गरिएको छ ।


प्रतिक्रिया