कर्णालीमा ३० प्रतिशत मत खस्यो

कर्णालीमा ३० प्रतिशत मत खस्यो



काठमाडौं । कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ३० प्रतिशत मत खसेको छ ।

प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार दिउँसो १ बजेसम्म तीन लाख १८ हजार ३०२ मत खसेको छ ।

कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी रहेको उनले बताए । कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता छन् ।