दोलखाको अर्को मतदानस्थलमा विवाद

दोलखाको अर्को मतदानस्थलमा विवाद



काठमाडौं । दोलखाको अर्को मतदानस्थलमा बिहीबार (फागुन २१) विवाद भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कालिञ्चोक गाउँपालिका–८, कालीनाग मतदानस्थलमा विवाद भएको हो ।

मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखा प्रहरीले जनाएको छ ।

यसअघि, दोलखाकै तामाकोसी गाउँपालिका–४ स्थित मालु मतदानस्थलमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । त्यसपछि त्यहाँ मतदान गर्न मतदाता गएका छैनन् ।