झापा ५ मा ६५ प्रतिशत मत खस्यो

झापा ५ मा ६५ प्रतिशत मत खस्यो



झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ ।

५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता थिए । झापा ५ यस निर्वाचनको ‘चुनावी इपिसेन्टर’ बनेको छ ।

उनका अनुसार आज नै सर्वदलीय बैठक बस्ने तयारी छ । सर्वदलीय बैठकपछि मात्रै मतगणनाको समय टुंगो लाग्नेछ ।