कास्कीका तीनवटै क्षेत्रमा रास्वपाकाे अग्रता

कास्कीका तीनवटै क्षेत्रमा रास्वपाकाे अग्रता



पाेखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरूआती अग्रता लिएका छन् ।

हालसम्मको मतगणना अनुसार कास्की–१ मा रास्वपा उम्मेदवार गनेस पौडेलले ८६६ मत पाएर अग्रता लिएका छन् भने नेपाली कांग्रेसका तिलक रानाभाट ४७५ मत पाएर दोस्रो स्थानमा छन् । नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्री ३०७ मत पाएर तेस्रो स्थानमा छन् ।

कास्की–२ मा रास्वपाका उत्तम पौडेलले १ हजार ११७ मत पाएर अग्रता लिएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेका रश्मी आचार्य ७३३ मत पाएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका माधव बास्तोला ३२२ मत पाएर तेस्रो स्थानमा छन् ।

कास्की–३ मा रास्वपाकी बिना गुरुङले ४८२ मत पाएर अग्रता लिएकी छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका मनोज गुरूङले २८० मत पाएका छन् भने एमालेका दामोदर पौडेल ‘बैरागी’ ले ११९ मत पाएर तेस्रो स्थानमा छन् ।