काठमाडौं । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ भने क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता लिएको छ ।
बाँके–१ रास्वपाका उमेदवार सुरेशकुमार चौधरीले ५९७ मत ल्याएका छन् । नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले २९६ मत र नेकपा एमालेका सूर्यप्रसाद ढकालले १६५ मत पाएका छन् ।
राप्रपाका प्रदीपकुमार शाहले ६३ मत र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नरेन्द्रप्रसाद पाण्डेले ४३ मत ल्याएका छन् ।
त्यस्तै, बाँके–२ मा एमाले उमेदवार मोहम्मद इश्तियाक राईले ८८२ मत ल्याइ अग्रता कायम गरेका छन् ।
नेपाली कांग्रेसका सुधान्सु कोइरालले ६७२ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले ४९२ मत ल्याएका छन् । नेकपाका दिपेन्द्र विष्टले ३० मत ल्याएका छन् ।


प्रतिक्रिया