काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलकाे फराकिलाे अग्रता

काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलकाे फराकिलाे अग्रता



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले अग्रता फराकिलाे पारेका छन् ।

अहिलेसम्मको गणना गर्दा उनले ३७०२ मत पाएका छन् । उनीपछि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १०९० मत ल्याएका छन् ।

एमालेका नेता ईश्वर पोखरेलले ७०० भोट पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले १६५ मत ल्याएका छन् ।

उज्यालो नेपाल पार्टीले अहिलेसम्म ११३ मत ल्याएको छ भने गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारीले ४ मत पाएकी छन् ।