चितवन-१ मा रास्वपाका हरि ढकाल तेस्रो

चितवन-१ मा रास्वपाका हरि ढकाल तेस्रो



चितवन । चितवन-१ मा मतगणना जारी छ । मतगणनाको प्रारम्भदेखि एमालेले अग्रता लिइरहेको छ ।

यहाँ एमालेबाट दावा दोर्जे लामा उम्मेदवार छन् । २८३० मत गणना हुँदा उनले ९६३ मत पाएका छन् । कांग्रेसका राजेन्द्र बुर्लाकोटी ७३९ मतसहित दोस्रो स्थानमा छन् ।

रास्वपाका हरि ढकाल तेस्रो स्थानमा छन् । उनले ४८३ मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कृष्ण पन्तले ३१० मत पाएका छन् । राप्रपाका बलराम खनालले १६ मत ल्याएका छन् ।