गुल्मी–१ : रास्वपाका सागर ढकालको सुरुवाती अग्रता

गुल्मी–१ : रास्वपाका सागर ढकालको सुरुवाती अग्रता



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन् ।

ढकालले हालसम्म २४३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत साथ पछ्याइरहेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मतका साथ तेस्रो स्थानमा देखिएका छन् ।