काठमाडौं । झापा ५ को पछिल्लो अपडेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसँग निकै पछि परेका छन् ।
ओलीभन्दा बालेनलाई चार गुणाबढी मत आएको छ ।अहिलेसम्म ७ हजार ६ सय ५१ मत गणना हुँदा बालेनलाई ५ हजार २ सय ५४ मत आएको छ ।
ओली १ हजार २ सय ४८ मतमा खुम्चिएका छन्। यस निर्वाचन क्षेत्रमा अन्य दलहरुलाई उल्लेख्य भोट आएको छैन ।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ छन् । उनलाई ३२५ मत आएको छ ।
कांग्रेसकी उम्मेदवार मन्दरा चिमोरियाले १८५ मा ल्याएकी छन् ।


प्रतिक्रिया