दाङ–२ मा शंकर पोखरेल निकै पछाडि

दाङ–२ मा शंकर पोखरेल निकै पछाडि



दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा दाङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणामानुसार उनले दुई हजार ४२९ मत प्राप्त गरेका छन् ।

आचार्यलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ५८३ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उमेदवार किरणकिशोर घिमिरे ३८७ मतसहित तेस्रो स्थानमा छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार निर्मल आचार्यले २१३ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।