सर्लाही । सर्लाहीका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ । सर्लाहीका चार क्षेत्रमध्ये तीन वटा क्षेत्रमा कांग्रेस र माओवादीका ठूला नेताहरूलाई पछि पार्दै रास्वपाले मतान्तर बढाइरहेको छ ।
सर्लाही १ मा रास्वपाकी नीतिमा भण्डारी कार्कीलाई २४,१८६ मत मिलेको छ । उनले नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई २० हजार बढी मतले पछि पारेकी हुन् । श्रेष्ठले ३६३४ मत ल्याएका छन् ।
सर्लाही २ मा रास्वपाका रविन महतोले १२५८३ मत ल्याएर अग्रता कायम गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता महिन्द्र राय यादवले यहाँ ३१५८ मत पाएका छन् । उनीहरूबीच ९४२५ मतको अन्तर छ ।
सर्लाही ३ मा रास्वपा उम्मेदवार नरेन्द्र शाह कलवारले नेकपाका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै १७२६९ मत ल्याएका छन् । श्रेष्ठले ५४८७ मत ल्याएका छन् । उनीहरूबीच ११७८२ को मतान्तर छ ।
क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायम गरेका छन् । सिंहले यहाँ ९०३७ मत ल्याएका छन् भने कांग्रेस सभापति गगन थापाले ५८२८ मत पाएका छन् । उनीहरूबीच ३२०९ को मतान्तर छ ।


प्रतिक्रिया