काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा २९ हजार बढी मतले अगाडि देखिएका छन् । बालेनले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् ।
झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत ल्याएकी छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया