कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द विजयी भएका छन् ।
चन्दले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपाका उम्मेदवार प्रेम आलेले ७ हजार ८ सय ७६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका यज्ञराज ढुंगानाले ५ हजार ८ सय ३९ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया