ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल अगाडि

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल अगाडि



काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल पछिल्लो मतगणनाअनुसार पहिलोपटक अगाडि आएका छन् ।

उनले ११ हजार ४०० मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेसका कुमार लुइँटेलले ११ हजार १७९ मत ल्याएका छन् । एमालेकी अस्मिता थापाले ८ हजार ९६९ मत ल्याएकी छन् । नेकपाका अम्बिरबाबु गुरुङले ८ हजार ७२४ मत ल्याएका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले १३५३ मत ल्याएका छन् ।