इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी



काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

शनिबार राति सम्पन्न मतगणनाअनुसार उनी २२ हजार ४२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत ल्याएर तेस्राे स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का गोकुल बहादुर राईले ७ हजार ८१४ मत ल्याएर चाैथाे भए ।