काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो ।
गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए ।
गगन गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो ।


प्रतिक्रिया