अफताव आलमका छोरा फिरदोश रौतहट २ बाट निर्वाचित

अफताव आलमका छोरा फिरदोश रौतहट २ बाट निर्वाचित



काठमाडौं । रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । फिरदोशले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार किरण कुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरे । आलम र साहबिचको मतान्तर ११ हजार ८६ रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत प्राप्त गरी तेस्रो स्थान सुरक्षित गरे । जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९ सय ६० मत ल्याए भने नेकपा (एमाले) का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत प्राप्त गरे ।