१२९ स्थानको मतगणना सार्वजनिक : रास्वपा सय सिटमा विजयी

१२९ स्थानको मतगणना सार्वजनिक : रास्वपा सय सिटमा विजयी



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म १२९ स्थानको मतगणना सार्वजनिक भएकाे छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले सात स्थानमा विजयी हुँदा चार स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा अग्रता लिएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवारले अग्रता लिइरहेका छन् ।