समानुपातिकतर्फ १९ लाख ४५ हजार मत गन्दा रास्वपाले कटायो १० लाख

समानुपातिकतर्फ १९ लाख ४५ हजार मत गन्दा रास्वपाले कटायो १० लाख



काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा समानुपातिक प्रणालीतर्फ अहिलेसम्म १९ लाख ४५ हजार १५५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ ।

रास्वपाले १० लाख ९ हजार ८ सय २९ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले हालसम्म ३ लाख ३० हजार ५३२ मत अर्थात् १६.९९ प्रतिशत प्राप्त गरेको छ । त्यस्तै नेकपा (एमाले) २ लाख ६३ हजार ४०८ मतका साथ तेस्रो स्थानमा छ, याे कूल मतको १३.५४ प्रतिशत हो ।

नेपाली कम्युनिस्ट पार्टी १ लाख ९४ हजार ६ सय ९८ समानुपातिक मत पाएको छ । नेकपाले मतगणनाको ५.९२ प्रतिशत ल्याउँदै थ्रेस होल्ड कटाएको हो ।

यता राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७१ हजार ९ सय ३७ समानुपातिक मत प्राप्त गरेको छ । जुन हाल गणना भएको मतको ३.७१ प्रतिशत हो । राप्रपाले पनि थ्रेस होल्ड कटाएको छ ।

श्रम संस्कृति पार्टीले भने ४२ हजार १८८ मत ल्याएको छ, गणना भएको २.१७ प्रतिशत मत प्राप्त गरे पनि यसले थ्रेस होल्ड कटाउन सकेको छैन ।