गोरखा–१ मा सुधन गुरुङ १० हजार ५४० मतले अघि

गोरखा–१ मा सुधन गुरुङ १० हजार ५४० मतले अघि



गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले मतान्तर निकै फराकिलो पारेका छन् ।

५३ हजार ४४० मत गणना हुँदा गुरुङ १० हजार ५४० मतान्तरले अघि छन् । उनले २४ हजार ५१ मत ल्याउँदा कांग्रेसका प्रेम खत्रीले १३ हजार ५११ मत ल्याएका छन् ।

नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत ल्याउँदा एमालेका आरसी लामिछानेले तीन हजार ८० मत पाएका छन् ।