काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनःगठन गर्न अपिल गरेका छन् ।
रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भएर पराजित भएपछि पौडेलले आज विज्ञप्ति निकालेर विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको सुन्दरता नै नागरिकको अभिमत हो भन्दै आफुले रुपन्देही क्षेत्र २ का मतदाताहरूको फैसलालाई सहर्ष स्वीकार गरेको बताएका छन् ।
चुनावमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनले रुपन्देहीका नागरिकका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्ने तथा विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशासमेत गरेका छन् ।


प्रतिक्रिया