काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री मोदीले हिजाे उनीहरूसँग टेलिफोन संवाद गरी नेपालको चुनावमा प्राप्त उनीहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
साथै माेदीले आउँदाे नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिएका छन् ।
प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आउँदा वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया