काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ ।
मंगलबार बिहानसम्म एक करोड चार लाख १९ हजार २३४ मतगणना गरिँदा रास्वपाले ५० लाख ५२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ८६ मत प्राप्त गरेको छ । नेकपा (एमाले) १४ लाख ११ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सात लाख ६६ हजार ८७५ मतसहित चौथो स्थानमा छ ।
श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४१५ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २४ हजार ८८१ मत ल्याएको आयोगले जनाएको छ । यी ६ पार्टी राष्ट्रिय दल बन्ने करिब निश्चित भएको छ ।


प्रतिक्रिया