काठमाडाैं । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित विपिनकुमार आचार्यले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन् ।
मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ ।
उनी रास्वपाका सहमहामन्त्री समेत हुन् । आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतलाई पराजित गरेका थिए ।


प्रतिक्रिया