अब बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्छ : जगदीश खरेल

अब बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्छ : जगदीश खरेल



काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।

मंगलबार ललितपुरमा जेनजी शहीद विनोद महर्जनको परिवारसँग भेट गर्दै खरेलले जेनजी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै अव बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन् ।

ललितपुर २ मा रास्वपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका खरेलले वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका बारेमा आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे । आयोगले सुझाएका कुरा, सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व समेत हुने उनको भनाइ छ ।

त्यस्तै खरेलले भ्रष्टाचार अन्त्य, सुशासन कायम र देशमा नै शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका लागि भएको आन्दोलनको मर्मलाई गम्भीरतामा राखेर अघि बढ्ने स्पष्ट पारे ।