काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताएका छन् ।
२८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन् ।
आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर नयाँ सोचका साथ मुलुकलाई अघि बढाउन समेत आवश्यक कानून निर्माणमा आफुले ध्या केन्द्रीत गरेको उनले बताए ।
मन्त्री सिन्हाले आगामी दिनमा आफु सरकारबाट बाहिर रहेपनि कानून निर्माणका बिषयका आफ्नो सदैव सहयोग हुने प्रतिबद्धता जनाए । यस्तै, उनले समाजमा हुने गरेको नकारात्मक टिप्पणीलाई अन्त्य गर्न शिक्षाको माध्यमबाट र सचेतनाको माध्यमबाट काम गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया