काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा चलिरहेकाे तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलाे मात्रामा तेल निकाल्ने घाेषणा गरेका छन् ।
आईईएले ४० कराेड तेल बजारमा ल्याउने घाेषणा गरेकाे बीबीसीले जनाएकाे छ । याे झन्डै चार दिनकाे विश्व माग बराबर हाे । आफ्ना ३२ सदस्य देशले यस कदमकाे पक्षमा सर्वसम्मतिले मतदान गरेका एजेन्सीकाे भनाइ छ ।
आईईएले आपत्कालीन भण्डारबाट तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थिति अनुरूप उपयुक्त समयमा बजारमा उपलब्ध गराइने बताएको छ ।
एजेन्सीले यसअघि सन् १९९१, २००५, २०११ र २०२२ मा दुई पटक गरी रणनीतिक तेल भण्डारबाट तेल निकाल्ने निर्णयलाई अनुमाेदन गरेकाे थियाे ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य देशहरूसँग १ खर्ब २० कराेड ब्यारेलभन्दा धेरैकाे आपत्कालीन तेल भण्डार रहेकाे खबरमा उल्लेख छ । यसबाहेक उद्योगसँग सरकारी दायित्वअन्तर्गत ६० करोड ब्यारेलको अतिरिक्त भण्डार छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज समुद्री मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ ।
हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।


प्रतिक्रिया