सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ : गोकुल बाँस्कोटा

सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ : गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा एमालेका नेता गाेकुल बाँस्कोटाले विचार र व्यवहार नसुध्रिए अर्को चुनावसम्म पार्टी सकिने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले भनेका छन्, ‘सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ ।’

उनले पाँच वर्षअघि नै आफूले नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय आएको बताएको बाँस्कोटाले स्मरण गराएका छन् ।

उनले थप लेखेका छन्, ‘पाँच वर्षअघि मैले भनेको थिएँ- यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो । तर विचार,सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कमजोर । सोभियत संघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो । सक्किएको त छैन, नसच्याए अर्कोपल्ट सकिन्छ ।’