काठमाडौं । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्सले नागरिकले व्यक्त गरको जनमतको उच्च सम्मान गर्ने बताउँदै करिब दुईतिहाइ मतसहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
फोर्सले विज्ञप्ति जारी गर्दै नेपाली नागरिकले व्यक्त गरको जनमत लोकतन्त्रको सुदृढताको प्रतिक रहेकोले यसलाई उच्च सम्मानका साथ स्वीकार गर्ने बताएको हो ।
यसैगरी फोर्सले सरकारबाट सरकारबाट जनभावनाविपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कुनै कदम चालिएमा सडकबाट प्रतिवाद गर्ने चेतावानी पनि दिएको छ ।



प्रतिक्रिया