काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले चुनावी परिणामबारे समग्रमा समीक्षा गर्नुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई दोष देखाएर उम्किन नमिल्ने बताए ।
उनले चुनावी परिणामबारे पार्टीको समग्र मूल्यांकन हुने बताएका छन् । उनले बाहिर गएको मत एक वर्षभित्र एमालेले फर्काउन सक्ने गरी काम गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया