काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा बुझाउन परिपत्र गरेको छ ।
सबै प्रदेशका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र उम्मेदवारहरूहरुलाई कांग्रेसले परिपत्र गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी विस्तृत समीक्षा प्रतिवेदन तयार पारी पठाउन निर्देश गरेको हो ।
अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन चैत ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न भनिएको छ ।
पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरे अनुसार आउन नसकेको यथार्थ सबैका लागि आत्मसमीक्षाको विषय बनेको कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया