रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम

रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ । भर्खरै बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै उनले उक्त नाम आयोगबाट रुजु नभएसम्म सार्वजनिक नगर्ने बताए ।

झाले भने, ‘रुजुपछि आयोगले नै सार्वजनिक गर्नेछ । आयोगले नाम रुजु नगरेसम्म प्रस्तावित मात्र मान्न सकिने भएकाले अहिले सार्वजनिक हुँदैन ।’

झाले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको बताए ।