कांग्रेसद्वारा समानुपातिकमा १५ महिला र ५ पुरूषको नाम सिफारिस

कांग्रेसद्वारा समानुपातिकमा १५ महिला र ५ पुरूषको नाम सिफारिस



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ ।

फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो ।

आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।