नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ ।

नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ । सो अनुसार ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाएको हाे ।

जसमा बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा सूचीमा छन् ।

नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ ।