जेनजी आन्दाेलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

जेनजी आन्दाेलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

जलवायु कार्य गर्नको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि अर्यालले जानकारी दिए ।

“२०८२ भदौ २३ र २४ को प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ,” बैठकपछि अर्यालले भने ।

त्यस्तै बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।