काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् ।
कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् ।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।
बैठक स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन विभिन्न भूमिका रहेर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
साथै, चुनावी परिणामबाट विचलित नभइ अघि बढ्न पनि प्रधानमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई आग्रह गरिन् ।


प्रतिक्रिया