काठमाडौं । नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको छ ।
बारा–३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको हो । क्षेत्रीय सचिव राजेश भण्डारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेका जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफरिस गरिएकाहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरिनुपर्ने माग गरिएको छ ।
कारबाहीका लागि सिफारिस गरिएको नाम :
राजेश राय यादव – जिल्ला सभापति, नेपाली काँग्रेस बारा
हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा.
बजरंगी साह – महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २
भोला राय यादव – सभापति, कलैया उ.म.न.पा.वडा नं.६
रामप्रवेश यादव – सभापति, प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २, बारा
रबिन्द्र यादव (उर्फ रोवान)– जिल्ला सदस्य, नेपाली काँग्रेस बारा
रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली काँग्रेस बारा
नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं.३ बारा
दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
मो. अतिउर रहमान (पपपु)– सदस्य, मधेश प्रदेश कार्यसमिति
अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि दक्षेत्र नं. ३ (२) ख
हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि वडा नं. ५ (कलैया उ.म.न.पा.)


प्रतिक्रिया