काठमाडौं । विशेष अदालतले पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेलाई ५० लाख रुपैयाँ धरौटी हुने आदेश गरेको छ ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगले दायर गरेको गैरकानुनी आर्जनको मुद्दामा सोमबार (चैत २) विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइराको संयुक्त इजलासले चालिसेलाई पछि ठहरेबमोजिम हुने गरी ५० लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।
अख्तियारले चालिसेविरुद्ध गोकर्णेश्वर नगरपालिकाको प्रमुख (०७४–०७९) हुँदा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको थियो ।
चालिसे ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भई संसद्को अर्थसमितिको सभापति बनेका थिए ।




प्रतिक्रिया