काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ ।
ग्वार्कोको होटल रोयल दुलिपमा जारी कार्यक्रममा केही बेरअघि उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षणको उद्घाटन गरे । अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने बताइएकाे छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको थियो ।
अभिमुखीकरण शुभारम्भमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित भएका छैन्न ।
लामिछाने बुधबार अभिमुखीकरण समापनमा सहभागी हुनेछन् । उनले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिका छ । बालेन पनि भोलि मात्र उपस्थित हुने रास्वपाका तर्फबाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले जानकारी दिए ।
अभिमुखीकरणमा नेपाल सरकारका पूर्वसचिव, आईटीविज्ञलगायत व्यक्तिहरूले विभिन्न विषयमा जानकारी प्रदान गर्नेछन् । रास्वपाबाट यसअघि पनि सांसद रहिसकेकाहरूले संसदीय अनुभव सुनाउने कार्यक्रम तालिका छ ।


प्रतिक्रिया