राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट

राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेलले मङ्गलबार अध्यक्ष ओलीको भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

भेटकाक्रममा उनले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो सहानुभूति एवं समवेदना प्रकट गरेको अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।